
पूर्णपुष्टि, बैशाख २१
उदयपुरमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज ठुलो संख्यामा संक्रमित पुष्टि भएको हो ।
सबै भन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमित फेला परेको छ । त्रियुगामा मात्रै २४ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको रिपोर्टले देखाएको छ । यसैगरी अन्य चौदण्डीगढी नगरपालिकाको ५ जना, उदयपुरगढीमा ३ जना, बेलका नगरपालिकाको १ जना गरी जम्मा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्रियुगामा ८० बर्षिया महिला, ५४ बर्षिया पुरुष, २२ बर्षिया महिला, ५८ बर्षिय महिला, ५५ बर्षिय पुरुष, ३७ बर्षिय महिला, ६१ बर्षिया महिला ७१ बर्षिय पुरुष, ३० बर्षिया महिला, ५२ बर्षिया पुरुष, २५ बर्षिय पुरुष, २८ बर्षिय पुरुष, ३० बर्षिया पुरुष, ३३ बर्षिया महिला ३६ बर्षिय महिला, २९ बर्षिय महिला, ४६ बर्षिया महिला, २१ बर्षिय महिला, २२ बर्षिय महिला, २५ बर्षिय महिला, ४२ बर्षिय महिला, २० बर्षिय महिला, २१ बर्षिय पुरुष र ४८ बर्षिय पुरुष रहेको छ ।
चौदण्डीगढीकाहरु ३० बर्षिया महिला, ५२ बर्षिय पुरुष, ४५ बर्षिया महिला, ४२ बर्षिया महिला र २० बर्षिय महिला रहेकी छिन् ।
यता उदयपुरगढीमा २४ बर्षिया महिला, २९ बर्षिया महिला र ३५ बर्षिय पुरुष रहेको छ भने बेलकामा ४० बर्षिय पुरुष रहेको छ ।
यो सँगै उदयपुरमा सक्रिया संक्रमितको संख्या ७८ पुगेको छ । जसमा ५१ जना पुरुष र २७ जना महिला रहेको छ ।
