Tuesday, April 21News That Matters

बोलेरोको ठक्करबाट एकको मृत्यु, एक जना घाईते

काठमाण्डौँ, चैत १९
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् । उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो ।

घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । (रासस)