
पूर्णपुष्टि, जेष्ठ १६
झापामा ब्राउनसुगरसहित दुईजना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका–३ धाईजन चौक स्थितबाट सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । शनिबार बेलुका पौने ६ बजे उनीहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
