Sunday, June 28News That Matters

ब्राउनसुगरसहित ३ भारतिय नागरिक पक्राउ

झापा, असोज १६

झापाको दुई ठाउँबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । कचनकवल–१ बगान एरिया र गौरीगंज गाँउपालिका–२ दासचौरीबाट तीन भारतिय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
बगान एरियाबाट भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम हिजो दिउसो पौने ४ बजे पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गौरीगंजबाट भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम पक्राउ परेका छन् । उनिहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जना भारतिय नागरिकमाथी थप अनुसन्धान भईरहेको जिप्रका झापाले जनाएको छ ।