
झापा, भाद्र २७
झापामा लागुऔषध ब्राउनसुगरसहित एक एग्रोभेट संचालक पक्राउ परेको छ । बिर्तामोड बगरपालिका–३ बाट ब्राउनसुगरसहित गोपाल एग्रोभेट संचालक ३० वषीय गोपाल गौतम पक्राउ परेको हो ।
गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा हिजो दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोही एग्रोभेटबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका गौतम माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

