
पूर्णपुष्टि, भाद्र २९ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।
टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड–२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका–८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
