Friday, June 26News That Matters

ब्राउन सुगरसहित २ जना पक्राउ

पूर्णपुष्टि, फागुन २९ ।
झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परका छन् । झापा मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका–४ भाङबारी का ३६ वर्षीय रेस बहादुर सार्की पक्राउ परेका हुन् ।
हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।