Sunday, June 21News That Matters

ब्राउन सुगरसहित ३ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ २१ झापाको बिर्तामोड नगरपालिका—९ धौलापुरबाट लागुऔषध ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दिपक चौधरी र एक १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा को ३ प १५३६ नम्बरको मोटरसाईकललाई बिहिवार राती ७ बजे चेक जाँच गर्दा १ ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । ब्राउन सुगरसहित पक्राउ परेको तीनजनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।