Sunday, June 21News That Matters

सुनको मूल्यमा भारी गिरावट मूल्य

पूर्णपुष्टि, जेष्ठ २१

आज सुनको मूल्यमा भारी गिरावट आएको छ । तोलाको १५ सयले मूल्य घटेपछि बिहीवार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ  ९२ हजार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

बिहीवार उक्त सुनको प्रतितोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।