Saturday, June 20News That Matters

विपन्न परिवारलाई दाजुभाई समुह दोहा कतारको खाद्यन्न सहयोग

पूर्णपुष्टि, जेष्ठ २१

दाजुभाई समूह दोहाकतारद्धारा त्रियुगा र चौदण्डीगढीका ८१ विपन्न परिवारलाई खाद्यन्न सहयोग भएको छ । समूहले लगतार तीन दिन देखि त्रियुगाको बिभिन्न वडाहरु र चौदण्डीगढीको वडा नं ६ सातधारेमा विपन्न परिवारसामु नै खाद्यन्न वितरण गरिरहेको छ ।

“सम्बन्ध हाम्रो सबै भन्दा राम्रो सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो” भन्ने मूल नाराको साथ स्थापना गरेको दाजुभाई समुह कतारले खाद्यन्न सहयोग गरेको छ ।

राहत वितरण कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्बर ९ का १० परिवार, वडा नम्बर १२ डिएमगेटका ६ परिवार, बोटे टोलका ४४ परिवार, वडा नम्बर १६ सुकौराका १५ परिवार र चौदण्डीगढी नगरपालिका वडा न ७ सातधारे ६ परिवार गरी ८१ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको समुहका नेपालका लागि सहयोगी सदस्य सरोज श्रेष्ठले जानकारी दिएका छन् ।

महामारीको समयलाई मध्यनजर गर्दै यस्तो अवस्थामा सम्बन्धित निकायहरुको ध्यान पुगेपनि खाद्यन्नको अझ अभाव रहेकाले हाम्रो पहलमा कतारमा रहेका साथीभाईहरु र अल जबेर कम्पनीका स्काफोल्डिङ्ग समुहलेको सहयोगद्धारा राहतकोष नेपाल पठाइएको कतार स्थित समुहका संयोजक संदिप भट्टराईले जानकारी दिएका छन् ।

दोहा कतारका दाजुभाइ समुहका पधादिकारीहरुमा संयोजक सन्दिप भट्टराई ,सदस्य कृष्ण अधीकारी ,सदस्य कमल वाग्ले, सदस्य महेन्द्र पाण्डे, सदस्य राम कुमार मगर, सदस्य अमित मगर, सदस्य बिष्णु बा.राइ, सदस्य बिष्णु घिमिरे रहेको छन् भने नेपालमा रहेर सहयोग गर्ने सदस्य राजकुमार घिमिरे र सरोज श्रेष्ठ रहेको समुहका संयोजक सन्दिप भट्टराईले जानकारी गराए । राहत वितरण कार्यक्रम स्थानिय बुद्धिजीवी,स्थानिय समाजसेवी, पत्रकारहरुको उपस्थितिमा खाद्यन्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।