Saturday, June 20News That Matters

काेराेना महामारीमा आफ्नै बाउबाट छाेरी बलात्कृत

पूर्णपुष्टि, जेठ २० । 

कोरोना महामारीको बेला उदयपुरमा एक किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । दुईदिन अघि कटारी नगरपालिका वडा नं. १ की १५ वर्षिय किशोरी आफ्नै बाउबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय उदयपुरकाे प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिनुभयाे ।

घरमा अरु नभएको मौका छोपी किशोरीलाई बाउले बलात्कार गरेको बुझिएको छ । आफ्नै छोरी बलात्कार गर्ने ३५ वर्षिय पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी प्रमुख एसपी दाहालका अनुसार जेठ १८ गते राती १० बजेको समयमा १५ वर्षिया छोरीलाई आफ्नै बाउले जबरजस्ती करणी गरी फरार भएको उजुरी आजै आएको हो । पिडितको उजुरीको आधारमा तत्काल इलाका प्रहरी कार्यालय कटारीको इन्चार्जसहितको टोलीले खोजतलास गरी पिडकलाई पक्राउ गरेको थियो ।

घरबाट भागेर लुकीछिपी बसेको अवस्थामा सोही पालिकाको वडा नं. २ बाट पक्राउ गरिएको जनाइएको छ । प्रहरीले सुचना पाएको २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ परेका पिडक बाउलाई इप्रका कटारीमा राखेर कारवाहीका लागि थप अनुसन्धान भइरहेको एसपी दाहालले बताउनुभयो । बालिकाको कटारी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।