Saturday, August 22News That Matters

ब्राउन सुगर सहित एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर २५
झापाको मेचिनगर नगरपालिका–६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका–१२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् ।

शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।