
पूर्णपुष्टि, भदौ २०
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरी र इटहरी उप–महानगरपालिका–९ का ३४ बर्षीय सन्तक कुमार खडका रहेका छन् ।
हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा ४४ मिलिग्राम ब्राउन सुगर र खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
