
पूर्णपुष्टि/उदयपुर, पुस ८ ।
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ३ मा हिजो हत्या भएका ३४ वर्षिय युवा पूर्ण ठकुरी उदयपुरको ताप्ली गाउँपालिका ३ गदलेको भएको आफन्तले पष्टि गरेका छन् ।
साढे तिनतले निर्माणाधिन घरको भइतल्लामा मृत अवस्थामा फेला परेका युवाको ठेगाना उदयपुर मात्र भन्ने आएपछि उदयपुरको कुन ठाउँ भन्ने कुराको खोजी प्रहरीले गरेको थियो । यसै सिलसिलामा मिडियामा मृतकको तस्बिर हेरेर आप्mनो मान्छे भएको अनुमान गरेका आफन्तहरुले भक्तपुर प्रहरीमार्फत मृतकको शब हेरेपछि पुष्टि गरेका हुन् ।
ज्यालामजदुरी काम गर्न काठमाडौं गएका उनी हिजो भक्तपुरको एक निर्माणाधिन घरमा मृत फेला परेका थिए । उनको कामदार साथीबाट नै हत्या भएको आशंका भएको छ ।
हत्यामा संलग्न धनकुटाको सागुरीगढी गाउँपालिका ३ का संजिव याखालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
हाल उनको भक्तपुर दुवाकोट स्थित केएमसी हस्पटलमा पोष्टमार्टम हुने तयारी रहेको र पोष्टमार्टम पछि अन्तिम संस्कारका लागि परिवारले जिम्मा लिने मृतकका आफन्त सहयोगी सन्तोष मल्लले जानकारी दिनुभयो ।
हत्या घटनामा संलग्नलाई कडा कारवाही र पिडित परिवारलाई उचित क्षतीपूर्ती र न्यायको माग गरिएको छ ।
