
पूणर्पुष्टि, साउन, १२
करिब ५ महिना थालिएको उडान सेवा सरकारले भदौ १ देखि व्यवस्थित तरिकाले सुरु गर्ने भएको छ । १ हप्ता सम्म सरकारले निकै व्यवस्थित र सुरक्षाको निति अपनाएर सिस्टममा उडान गर्ने तयारी गरेको छ ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानको समय निर्धारण गरिएको छ भने पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही नागरिक उड्यन प्राधिकरणसँग सेड्युहल माग गर्नुपर्ने छ ।
यस्तै काउन्टरबाट यात्रुलाई चेक जाँच गरिसकेपछि सम्बन्धित वायु सेवा कम्पनीले डिपाचर क्षेत्रबाट छिटो भन्दा छिटो उडान गर्न आफ्ना यात्रुलाई हवाइजहाज तर्फ प्रस्थान गराउनुपर्ने पनि भनिएको छ । यदि कुनै प्राविधिक कारण वा मौसमका कारण ढिलाइ भएमा बस जहाज वा ह्याङ्गरमा उपयुक्त व्यवस्थापन गर्नुपर्नेछ । यो व्यवस्था भाद्र महिनाको पहिलो हप्ता सम्म लागु हने छ ।
लामो समयपछि खुल्न लागेको हवाई उडानमा अन्तर्राष्ट्रिय उडान दैनिक कति गर्ने भन्ने टुङ्गो लाग्न भने अझै सकेको छैन ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी (लकडाउन) यही साउन ६ गते अन्त्य भइसकेको छ । सार्वजनिक सवारी, उद्योग कलकारखाना, व्यापार व्यवसाय खुलिसकेका छन् । कोरोनाले सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र भने क्रमशः खुला गर्दै जाने सरकारको नीति छ । सोही अनुरुप भदौ १ देखि उडान शुरु हुन लागेको हो ।
