
पूणर्पुष्टि, साउन, १२
एक न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि देखिएको हो ।
सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए अुसार आइतबार सप्तरीमा न्यायाधीश र प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।
