Tuesday, July 28News That Matters

डिभि परेको भनि ठगि गर्दै हिड्ने २ महिला प्रहरीको फन्दामा

पूणर्पुष्टि, साउन, ११

ठगि धन्दाका २ महिला प्रहरी फन्दामा परेका छन् । डिभि परेको छ बिहे गरी अमेरिका लैजान्छु भन्दै ठगि गर्दै हिडेका २ महिलालाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरुलाई महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध हालसम्म ६ लाख ५० हजार बराबरको ठगी गरेको जाहेरी आएको महाशाखाका एसएसपी थापाले बताए । उनले भने, ‘अझै पीडितहरु बढ्न सक्नेछन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

‘अमेरिकाको डिभी परेको छ, लकडाउनले गर्दा अहिले जान मिलेन । लकडाउन खुल्नासाथ बिहे गरेर लैजान्छु’ भन्दै उनीहरुले पुरुषहरुलाई आश्वासन देखाएर ठगी गर्दै आएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।