
पूर्णपुष्टि, जेठ ७ । झापामा लागुऔषध ब्राउन सुगर सहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका–७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–८ भद्रपुर बिमानस्थलमा यति एयरको जहाजद्धारा काठमाण्डौं जनालागेकी राईलाई चेकजाँच गर्ने क्रममा बिमान स्थलमा खटिएको प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेकी राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
