Sunday, May 3News That Matters

भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरको कौशल चेम्जोङलाई

पूर्णपुष्टि, १२ चैत्र ।
उदयपुरका पत्रकार कौशल चेम्जोङलाई भर भुर्तेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाको ‘पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ ले यस वर्ष भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट उदयपुरका बरिष्ठ पत्रकार कौशल चेम्जुङलाई पुरस्कृत गरेको हो ।

चेम्जोङलाई नगद ४१ हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले मोफसलका क्रियाशिल पत्रकार मध्ये वरिष्ठ पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ। यो झापा जिल्लाको सबैभन्दा ठूलो राशीको पुरस्कार हो । यस अघि यो पुरस्कार जिल्लाभरीका पत्रकारहरुमा मात्र सिमित थियो ।

यस बर्षदेखि झापा बाहिरका पत्रकारलाई समेत यो पुरस्कार दिने नीति लिईएको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले वताए । साढे तिन दशक पत्रकारितामा समय विताएका चेम्जोङ सामुदायी रेडियो त्रियुगा गाईघाटको संस्थापक हुन् । यो सँगै उनि अन्य संञ्चार माध्यमहरुमा आबद्ध छन् । करिब ३५ बर्षदेखी पत्रकारितामा आबद्ध चेम्जोङलाई निस्वार्थ, निष्पक्ष, आचारशिल, निष्ठावान र व्यवसायी पत्रकारिता गरेको भन्दै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । रु ४१ हजार नगद राशी र सम्मान पत्रले चेम्जोङलाई भव्य सम्मान गरिएको हो ।