Sunday, May 17News That Matters

भारतका केन्द्रीय मन्त्री पासवानको निधन

पूर्णपुष्टि, असोज २३

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।
केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पासवान भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थियो । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थ्यो ।
पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य भएको थियो  । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएको छ ।