Tuesday, June 9News That Matters

भारतको प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएको निहुँमा महिला माथी गोली प्रहार

पूर्णपुष्टि, पुष २०
भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएको भन्दै एक महिला माथी गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । गोली लागेर घाईते भएकी ती महिलाको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको बताएकी छन् ।

आफु बोलेरो चढेर फर्किरहेको अवस्थामा तीन जना व्यक्ति ओभरटेक गरेर गाडी रोकेर गाली गर्दै हत्या गर्ने धम्की दिएको उनले बताईन् । रिताका अनुसार आफु चडेको गाडी चालकको कन्चटमा पेस्तोल राखे पछि उनिले एक जनालाई गालामा हिर्काएकी थिईन् । त्यसपछि आफुमाथि गोली चलाएर भागे ।’ रिताले जानकारी दिईन् ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस(वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी समाजवादी पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेकी थिइन् ।