Tuesday, April 21News That Matters

भारतबाट नेपाल प्रवेशका लागि १३ नाका तोकियो, अनिवार्य १० दिन क्वारेन्टाईन बस्नु पर्ने

पूर्णपुष्टि, बैशाख २०

कोरोना संक्रमणको जोखिममा भारतमा रहेको नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सरकारले ३ नाकाको व्यवस्था गरेको छ । नेपाल आएका नेपाली नागरिकहरुले अनिवार्य रुपमा १० दिन क्वारेन्टीनमा बस्नु पर्ने पनि निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कलिवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, दार्चुलाको पुलघरा, बैतडीको झोलाघाटा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिइनेछ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गर्नुपर्ने नेगेटिभ आए मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने भनिएको छ ।

नेगेटिभ आए पनि उनीहरु १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ । र, त्यसको अनुगमनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ । सरकारले २३ गतेदेखि वैशाख मसान्तसम्मका लागि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको भने भारतसँग चाहिँ दुईवटा उडान जारी राख्ने निर्णय भएको छ ।