Sunday, May 17News That Matters

सरकारले बैशाख २३ गतेबाट हवाई उडानमा रोक लगाउने

पुर्णपुष्टि, बैशाख २० सरकारले वैशाख २३ गतेदेखि अन्तराष्टिय हवाई उडानमा रोक लगाउने भएको छ । २३ गतेबाट हवाई उडानमा रोक लागेपछी भिसा लागीसकेको श्रमिर्कहरु स्वदेशमै बस्न बाध्य भएका छन् । मापदण्ड अनरुप हवाई उडानलाई संञ्चालन गर्ने भन्दै निरन्तर उडान गरिरहेको अन्तराष्ट्रिय उडानहरु २३ गते बाट रोक्ने भएको हो । कोरोना माहामारी बढेसँगै सरकारले तत्कालको लागि यस्तो निर्णय लिएको हो । भिसा लागिसकेका श्रमिकहरु बैशाख अन्तिमसम्म स्वदेशमै बस्न पर्ने सरकारले निर्णय लिएको छ । यसअघि सरकारले गरेको लकडाउनमा पनि श्रमिकहरु स्वदेशमै बस्न बाध्य भएको थियो । लकडाउन खुलेपछि मात्रै सरकारले बिदेश जाने अनुमति दिएको थियो ।