
पूर्णपुष्टि, चैत १४ ।
भारतका आज र भोली बन्द घोषण गरिएको छ ।
छिमेकी मुलुक भारतमा सोमबार र मंगलबार बन्दको घोषणा गरिएको छ । द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा विभिन्न ट्रेड युनियनहरूले ४८ घन्टे बन्दको घोषणा गरेका हो ।
उक्त बन्दमा बैंकिङ, रेलवे, सडक, ट्रान्सपोर्ट, बिजुलीको क्षेत्रमा काम गर्ने कामदारले पनि साथ दिने बताएका छन् ।
यसअघि २२ मार्चमा नयाँदिल्लीमा बसेको ट्रेड युनियनहरूको बैठकले मोदी सरकारका नीतिविरूद्ध भारत बन्द गर्ने निर्णय गरेको थियो ।
सत्तारूढ भारतीय जनता पार्टीनिकट ट्रेड युनियनले भने यो बन्द राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै सहभागी नहुने बताएको छ ।
बन्दकर्ताहरूले श्रम कानुनमा हुन लागेको परिमार्जन रोक्नुपर्ने, इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत विभिन्न माग राखेका छन् ।
