
पूर्णपुष्टि, भदौ १८
भारतमा एकै दिन ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ हजार आठ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजार २६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
अहिलेसम्म भारतमा ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ६७ हजार चार सय ८६ जनाको मृत्यु भईसकेको जनाईएको छ । कुल संक्रमित मध्ये २९ लाख ६७ हजारभन्दा धेरै निको भईसकेको जनाईएको छ ।
विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ८१ हजार सात सयभन्दा धेरै सङ्क्रमित थपिँदा संक्रमितको संख्या दुई करोड ६१ लाख ७३ हजारभन्दा धेरै भएको जनाईएको छ । उक्त संक्रमित मध्ये आठ लाख ६६ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ८४ लाख २४ हजारभन्दा धेरै निको भएका छन् ।
