Sunday, May 17News That Matters

शैक्षिक सत्र खेर जादैन : मन्त्री पोखरेल

पूर्णपुष्टि, भदौ १७

कोरोनाले बन्द भएको सवै तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।

अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्र्तरक्रियामा बुधबार उहाँले कोभिड–१९ को महाकारीले शैक्षिक सस्था बन्द भएपनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताउनुभयो ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा मन्त्रि पोखरेलले राख्नु भएको छ । उहाँले वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको पनि बताउनुभयो  ।

उहाले भन्नुभो ‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनुभएको छ ।, त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।’

कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिक सत्रलाई जोगाउनुपर्ने, रोकिएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका छन् ।