
पूर्णपुष्टि, भदौ २१
भारतमा एकैदिन ९० हजार नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ ।
त्यस्तै भारतमा एकैदिन एक हजार ४४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० हजार ६ सय नाघेको जनाईएको छ । भारतमा कुल संक्रमित मध्ये अहिलेसम्म ३१ लाख ७७ हजार निको भएका छन् ।
त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ । जसमध्ये एक लाख ९२ हजारको मृत्यु भएकोे छ भने ३७ लाख ७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
त्यस्तै ब्राजिलमा गत २४ घण्टामा ३१ हजार नयाँ सङ्क्रमित थपिँदा ६ सय १९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल सङ्क्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ ।
