
पुर्णपुष्टि,भाद्र २१
गोरखामा ७५ वर्षीया एक मृतक महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा गोरखा नगरपालिका–७ की ती मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती मृतक महिलामा स्तिष्कघात भएको अस्पतालले जनाएको छ । अस्पतालमा २ बजेतिर अस्पताल भर्ना हुनुभएको थियो । तर चार बजेतिर उनको उपचारकै क्रममा मृत्यु अस्पतालले जनाएको छ ।
ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आइतबार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको जनाईएको छ ।

