Friday, May 22News That Matters

भारतमा एकै दिन साढे ६९ हजारमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ४

भारतमा एकै दिन साढे ६९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । त्यस्तै गत २४ घण्टामा थप ९ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार नाघेको मन्त्रालयले जनाएको छ ।

संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको मृत्यु भएको छ । त्यसतै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएका मध्ये १ लाख ११ हजारको मृत्यु भएको छ ।