Thursday, June 4News That Matters

भारतमा कोरोनाले ४७ लाखको ज्यान लिएको विश्व स्वास्थ्य संगठनको भनाई

पूर्णपुष्टि, बैशाख २३
विश्व स्वास्थ्य संगठनले भारतमा करिब ४७ लाख बराबरले कोरोना बाट ज्यान लिएको बताएका छन् । यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख रहेपनि संगठनले भने ४७ लाखको ज्यान गएको जनाएको छ ।

यसअनुसार कोरोनाकै कारण कारण मृत्यु नभएका तर यसका कारण उत्पन्न अन्य समस्याका कारण ज्यान गुमाएकाको संख्या पनि जोडिएको छ । यस्तो संख्यामा कोरोनाका कारण अन्य रोगको उपचार गर्न नपाएर ज्यान गुमाएका लगायतका कारणहरू पर्छन् ।

तर कपितय अवस्थामा तथ्यांक संकलन तथा महामारीको सुरुवातमा परीक्षणमा देखिएको समस्यासमेत उजागर भएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्वका देशहरूले जनाएको भन्दा थप करिब ९५ लाख जनाको मृत्युका घटना कोरोनाको प्रत्यक्ष असरसँग सम्बन्धित भएको दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक विभागकी समिरा आस्माले पछिल्लो तथ्यांक ‘निकै दुःखद’ भएको बताएकी छन् । ‘यदि हामीले मृतहरूको संख्या गणना गरेनौं भने हामीले आगामी दिनमा राम्रो तयारी गर्न सक्ने अवसर गुमाउँछौं,’ उनले भनिन् ।

धेरै देशले कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या निकै कम गणना गरेका संगठनको भनाइ छ । संगठनका अनुसार कोरोनाका कारण विश्वभर करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ । हालसम्मको तथ्यांकमा विश्वभर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ५४ लाख मात्रै रहेको उल्लेख छ ।

संगठनको पछिल्लो विवरणअनुसार कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेमध्ये एक तिहाइ संख्या भारतमा रहेको देखिएको छ । भारत सरकारले भने संगठनको प्रतिवेनमा गरिएको आकलनमाथि प्रश्न उठाएको छ ।