
पूर्णपुष्टि, बैशाख १६
भारत यतिवेला विश्कै कोरोना हस्पट देश बन्न पुगेको छ । त्यहाँ एकै दिनमा ३६ सयको हाराहारीमा संक्रमितहरुको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमितहरुको संङख्या अन्य देशहरुमा उत्ति बढेको नसुनिएको अवस्थामा भारतमा भने दैनिक संक्रमित र मृत्युको खबरले दुखित बनाइरहेको छ ।
छिमेकी देश समेत रहेको भारतको कोरोना बिकरलले नेपालमा पनि ठुलो त्रास छाएको छ । पहिलो चरणको कोरोना भाईरसको लहरमा यति धेरै संक्रमित नभएपनि दोस्रो लहरको कोरोना भाइरस महामारीको लहरका कारण भारतको अवस्था दिन प्रति दिन अति भयावह बन्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा त्यहाँ कोरोनाका कारण ३ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या एक करोड ८३ लाख ७६ हजार नाघेको छ भने दुई लाख चार हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यहाँ ३० लाख बढी मानिसहरु सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म १५ करोड २० हजारभन्दा धेरै मानिसले कोरोना भाइरसविरुद्धको खोपको लगाएका छन् ।
