Tuesday, April 21News That Matters

आईसियु सारिएको संक्रमित ३ दिन सम्म पनि क्लिनिकमै बस्न बाध्य

पूर्णपुष्टि, बैशाख १६

नेपालमा कोरोना उपचारमा थप चुनौति थपिँदै गएको छ । संक्रमितहरुको उच्च बृद्धि भईरहँदा उपचारमा सहज उपचारको लागि थप समस्या देखिन थालेको हो ।

बिरामी बढ्दै गएपछि प्रविधि, जनशक्ति, भौतिक सामाग्रि जस्ता बिभिन्न समस्याले बिरामीहरुले सहज उपचार पाउन सकिरहेको छैन् ।

बेड अभावका कारण बुटवलमा एक संक्रमितले हस्पिटलमा उपचार पाएनन् । सामान्य अवस्थामा रहेको विरामी थप समस्या आएपछि उनलाई आईसियु लैजान भनेका थिए । गत शुक्रबारदेखि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड खाली नभएपछि गम्भीर लामिछाने संक्रमित आफ्नो दिदिलाई तीन दिन घरमै लगेर राखे । सुरूका एक दुई दिन खासै समस्या नदेखिए पनि चौथो दिनदेखि उनको स्वास्थ्य गम्भीर बन्दै गयो । स्वास फेर्न गाह्रो भएपछि गम्भीरले गत मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइपु¥याएका थिए ।

शुक्रबार ९० रहेको उनको अक्सिजन लेबल मंगलबार अस्पताल ल्याइपु¥याउँदा घटेर ७६ पुगेको थियो ।सोर्स’ लगाएर भए पनि बल्लतल्ल ज्वरो क्लिनिकमा एउटा बेड पाएर भर्ना गरिएकी उनलाई अहिले अक्सिजन दिएर राखिएको छ ।

कोरोना पोजेटिभ गर्भवतीको अपरेसन थिएटर तर अक्सिजन लेबल घटेकोले उनलाई कोरोना अस्पताल वा अरू अस्पताल भए पनि आइसियूमा लगेर भर्ना गर्न चिकित्सकले रिफर गरिसकेका छन् ।

तर कुनै पनि अस्पतालमा आइसियू खाली नभएपछि ज्वरो क्लिनिकमै राख्न बाध्य भएको गम्भीरले गुनासो गरे । उनलाई अहिले ज्वरो क्लिनिकमा अक्सिजन दिएर राखिएको छ । अस्पतालमा आउने सबैलाई अक्सिजनको सहारा चाहिने गरेको छ ।