
पूर्णपुष्टि, बैशाख ६ गते ।
भारतमा १४ हजार भन्दा बढी कोरोना भाईरस (कोभिड–१९)को संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नौ सय ९१ नयाँ सक्रमितहरु थपिएपछि १४ हजार तीन सय ७८ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरु मध्ये एक हजार नौ ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आहिलेसम्म ११ हजार नौ सय छ जना कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचार गराईरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टायता भारतमा ४३ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार ८० पुगेको मन्त्रालयले जनाएको छ ।
