Thursday, May 21News That Matters

भूल्केमा ६० स्थानीय, ५ सुरक्षाकमी र ४ स्वास्थ्यकर्मीको स्वव नमुना संकलन

पूर्णपुष्टि, बैशाख ६ गते ।

भुल्के स्थित मस्जिदमा १२ जना कोरोना संक्रमित पुष्टि भएप्छि लक गरि राखेको उक्त गाउँका ६० जना स्थानीयसहित ६९ जानको स्वव नमुना संकलन गरिएको छ । १ नं प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वव नमुना संकलन गरेको हो ।

संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुलाई पहिलो चरणमा स्वव नमुना लिएको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उक्त नमुनाको परिक्षण पस्चात रिर्पोटको आधारमा थप कदम चालिने उहाँले बताउनुभयो ।

स्थानियबासीलाई सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपबाट चौरमा लाईन लगाईएको थियो । पालै पालो सवैको स्वव नमुना लिएको थियो । संकलनमा खटेका ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको पनि स्वव संकलन गरिएको थियो ।