
पूर्णपुष्टि, जेठ २६ गते ।
दक्षिण एसियाली देशहरु मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत रहेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाईरसको संक्रमणबाट २ लाख ५३ हजार ३ सय २९ भन्दा बढी संक्रमित भएका छन् । भारतमा उक्त संक्रमित मध्ये ५ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।
पछिल्लो केहि हप्तादेखि दक्षिण एसियाली राष्ट्रहरुमा कोरोना भाईरसको प्रकोप तिब्र रुपले फैहेको पाईएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ ।
दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तान रहेको छ । जनु ९८ हजार ९ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २ हजार २ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै बङ्गलादेशमा ६५ हजार ७ सय ६९ जना संक्रमित भएका छन् ८ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै अफगानिस्तानमा २० हजार ३ सय ४२ पुगेको छ भने ३ सय ५७ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा अहिलेसम्म नेपालमा ३ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै माल्दिभ्समा अहिलेसम्म १ हजार ९ सय १ जनामा कोरोना संक्रमित पुष्ट भएको छ भने ८ जनाको मृत्यु भएको छ । श्रीलंकामा १ हजार ८ सय १९ संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाली देश मध्ये सबैभन्दा कम प्रभावित देश भुटान रहेको छ । भुटानमा आइतबारसम्म ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुटानमा अहिलेसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
