Thursday, May 21News That Matters

भारतमा कोरोना संक्रमित १ लाख ६ हजार नाघ्यो

पूर्णपुष्टि, जेठ ७ गते । 

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन ५ हजार ६ सय ११ जना नयाँ संक्रमित थपिएसँगै भारतमा १ लाख ६ हजार ७ सय ५० पुगेको हो ।

अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये ४२ हजार भन्दा बढी उपचारपछि निको भएका छन्

महाराष्ट्रमा मात्रै ३५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा १२ हजार ४ सय ४८, गुजरातमा १२ हजार १ सय ४० र दिल्लीमा १० हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रिय कर्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३ पुगेको छ ।

कोरोना भाइरसको प्रकोप सीमित गर्नको लागि गृह मन्त्रालयले लकडाउनलाई मे ३१ सम्मको लागि बढाएको छ ।