Friday, May 22News That Matters

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो

पूर्णपुष्टि, साउन २

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ ।

उक्त संक्रमितमध्ये २५ हजार ६ सय ९ जनाको मृत्यु भएको छ । भारतमा कुल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी उपचारपछि निको भएका छन् ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।

भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ ।