
पूर्णपुष्टि, साउन २
भारतबाट सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना बढेको छ । भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।
आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको जनाएको छ ।
गत असार २८ गते नेपाल आएको सलह भने हिजो बेलुका सुर्खेतको पच्चिमी क्षेत्रको जंगलमा गएर बसेका छन् । सुर्खेतकै छिन्चुमा बस्न खोजेको र स्थानीयबासिन्दाले भगाएपछि पश्चिमतर्फ गएर जंगलमा बसेको जानकारी आएको केन्द्रले जनाएको छ ।
किसानले सतर्कता अपनाएर बस्न नदिएका कारण र मौसम प्रतिकूलताका कारण सलहको झुण्ड पटक पटक नेपाल आए पनि धेरै नोक्सानी गर्न पाएको छैन ।
