Sunday, June 28News That Matters

भारतमा नेपालीको हत्या गरेको आशंकामा ४ जना पक्राउ

पूर्णपुष्टि, असोज १८

भारतको महाराष्ट्रमा एक नेपालीलाई हत्यामा संलग्न भएको आशंकामा चार जना पक्राउ परेका छन् ।
महाराष्ट्रको कल्याण शहरमा एक हप्ता अघि नेपाली नागरिक भरत थापाको हत्यामा संलग्न भएको आशंकामा त्यहाँको प्रहरीले ४ जनालाई आइतबार गिरफ्तार गरेको हो ।

थापा कल्याण शहरमा मृत अवस्थामा फेला परेको थियो । थापा मोटरसाइकल चोरीमा संलग्न भएको शंका गरिएको थियो ।

हत्यामा संलग्न भएको आशंका गरिएका अन्य ८ जनाको खोजी भइरहेको स्थानीय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

प्रहरीका अनुसार १२ जनाले भरतलाई उनको कार्यालयबाट लगेर हत्या गरेको जनाएको छ ।