
पूर्णपुष्टि, बैशाख २ गते ।
आगामी मे ३ तारिखसम्म भारतमा लकडाउनको समय थप गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन पुरा हुदै गर्दा पुन थप गरेको हो ।
सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भएपनि व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए ।
लकडाउनको अवधि थप गरेपछि सतर्क रह प्रधानमन्त्री मोदीले आग्रह गरेको छ । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताएका छन् । लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।
