Friday, May 22News That Matters

लकडउन वैशाख १५ गतेसम्म थपियो

पूर्णपुष्टि, बैशाख २ गते । 

सरकारले लकडाउनको समय १२ दिन थपेर आगामी बैशाख १५ गतेसम्म पु¥याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।