
पूर्णपुष्टि, कात्तिक २४ ।
नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय सुरक्षा विभागका उपप्रमुख रामकुमार राई ‘पासाङ’ले भारतले आफ्नो नक्साबाट कालापानी हटाउनै पर्ने बताउनु भएको छ ।नेपाल भारत जस्तै सार्बभौम राष्ट्र रहेको र सार्कको सदस्य रहेको, अन्तरदेशिय भूमिका रहेकाले पनि भारतको नक्साबाट नेपाली भूमि हटाउनै पर्ने बताउनुभयो ।
खोटाङका प्रदेश सांसद तथा संविधान सभा सदस्यसमेत रहनु भएका नेता राईले पूर्णपुष्टि सम्बादमा कुराकानी गर्दै भारतले सिमा मिच्याई गर्न नमिल्ने बताउनुभयो । यो गलत काम गरेको भन्दै बेलाबेलामा भारतले गर्ने बलमिच्याई तथा हेपाहा प्रबृत्तिको विरोध जनाउनुभयो । जबजब देशमा समस्या आउछ, त्यसबेला भारतले यस्ता कर्हत् गर्ने गरेकोप्रति दुखेको पोख्दै उहाँले त्यसको आलोचना गर्नुभयो ।
भिडियो
https://www.youtube.com/watch?v=2xVF3YDW5jE
भरखरै चिनको राष्ट्रपतिको भब्यस्वागतको कारण भारतले दिएको एउटा धक्का होकी भन्ने सवालमा उहाँले विभिन्न तर्ककाबीच यो एउटा तर्क भएपनि भारत, चीन जस्ता छिमेकी राष्टको सम्बन्धका कारण भारत, चिन सबैलाई नजिक राख्न चाहेको बताउनुभयो । दुई ठूला राष्टकाबीच नेपाल रहेकाले पनि दुबै देशसंग छिमेकी सम्बन्ध राम्रो बनाएर अगाडि बढेको बताउनुभयो ।
सरकार र राजनीतिक दलहरुले देशको सिमा सुरक्षा गर्न नसकेको जनगुनासो बारे उहाँले सरकारले प्रयास गरिनै रहेको बताउनुभयो । यो समस्यालाई राजनीतिक, कुटनितिक ढंगले हल गर्नुपर्ने पनि विचार राख्नुभयो ।
यदि भारतले आप्mनो नक्साबाट कालापानी नहटाए नेपालीले भारतलाई कहिल्यै पनि राम्रो दृष्टिकोणले हेर्न नसकिने बताउनुभयो । विद्यार्थी, नागरिक समाज लगायत सिंगो नेपाली यसको विरुद्धमा जागेकोमा खुसि ब्यक्त गर्दै उनले राष्ट्रिय स्वाधिनताका लागि सधै जाग्न आव्हान गरे ।
