भारी वर्षाले विराटनगरका १९ वडा जलमग्न, विमानस्थलमा खोला पस्दा उडान रद्द

पूर्णपुष्टि, कार्तिक ३
लगातार परेको भारी वर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाका १९ वटा वडा जलमग्न भएको छ । केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् । विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न भएको हो ।

१९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो । उनका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ ।

विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको छ ।
केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो । उनका अनुसार बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0