
भदौ २१ गते ।
छिमेकीहरुले एकाबिहानै भाले बासेर ‘डिस्टर्ब’ गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने आफै कारबाहीमा परेको छ । फ्रान्सको कम्पिन्यियका निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा वाज क्षेत्रको मारिनीले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् ।
मुद्दा दायर गर्दै भालेलाईसमेत हटाउन अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।
दुवै तर्फको बयान, प्रहरीको अनुसन्धान, मरिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
