
उदयपुर, भदौ २० गते ।
उदयपुरमा लागु औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । बेलका नगपालिका–५ शिखरमाडीबाट ओसारपसारमा प्रयोग गरिएका बोलोरो गाडी र तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।
विशेष सुराखीको आधारमा दिउँसो ४ बजे शिखरमाडीबाट ईटहरी तर्फ जादै गरको विआर ११ एफ ३२४७ (द्यच्(ज्ञज्ञ ँ घद्दद्धठ) भारतीय नम्बर प्लेट र मे १ च २२३३ नेपाली नम्बर प्लेटको बोलोरोमा लुकाई छिपाई ल्याएको १८ पोका गाँजा र गाडीमा सवार चालकसहित तीन जालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ५ नम्बर गण उदयुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले बताए ।

प्लाष्टीमा प्याक गरी गाडीको पछाडी टाएर राख्ने ठाउँमा र सिट मुनी डिकी बनाई त्यस त्रिभ लुकाई छिपाई ल्याएको अवस्थामा १८ पोका करिब ३५ केजी गाँजा बरामद गरेको (एसपी) गाहरधन राईले बताए ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका– ८ बरगाछी निबासी २८ वर्षीय योगेन्द्र गजमेर, धरान उनपा– ३ पिण्डेश्वर निबासी २७ वर्षीय विनोद सुनार र चालक धरान उपनपा–१५ श्याम चोक निबासी धर्मराज श्रेष्ठसहति गाँजा र गाडी सशस्त्र प्रहरीले पक्राउ गरको एसपी राईले बताए ।

गाडीको प्रकृति हेर्दा लागु औषध ओसार पसारकै लागि बनाईएको हो या खरिद गरिएको हो भन्ने देखिन्छ । गाँजासहित पक्राउ परेका तीन जान र ओसार पसारमा संलग्न गाडी सशस्त्र प्रहरी बल ५ नम्बर गण उदयपुरले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको एसपी राईले बताए ।
