
पूर्णपुष्टि, जेठ ६ । उदयपुरकाे गाईघाटमा सडक किनारमा तरकारी विक्रि गर्न बसेकाहरुलाई आज विहान भाैतिकदुरी कायम गर्न लगाउदा प्रहरीमाथि हातपात भएकाे छ । गाईघाटकाे विपि चाैक आसपासमा विहान ढकीमा तरकारी राख्नेहरुकाे दुरी नजिक हुनुका साथै मानिसकाे भिड बढेकाे थियाे । त्यसलाई बजारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड हटाई ब्यापारीहरुलाई भाैतिक दुरीमा राख्न खाेज्दा प्रहरिसंग विवाद भयाे । प्रत्यक्षदर्शीहरुका अनुसार विवाद मात्र भएन प्रहरीमाथि हातपात भयाे । सम्झाउन खाेज्दा उल्टै प्रहरिमाथि आईलागेकाे नगर प्रहरीले जनाईकाे छ । विवाद र हाेहल्लाले भिडभाड झनै बढेपछि प्रहरिले संयमता अपनाई उनिहरुलाई सम्झाई बुझाई छाडेकाे जनाईएकाे छ । जिल्लामा काेराेना संक्रमण समुदायस्तरमै फैलिसकेकाे छ । संक्रमणकाे उच्च जाेखिममा भाैतिक दुरि कायम गर्न जरुरि छ । लापरवाहि गर्नेलाई कारवाहि गर्न जरुरि भईसकेकाे बुद्धिजिविहरुकाे भनाई छ ।
