
पूर्णपुष्टि, जेष्ठ ६
कपिलवस्तुमा माओवादी नेता दिपक पाण्डेमाथी गोली प्रहार भएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता ३४ बिर्षिय पाण्डे सहित दुईजना घाइते भएका छन् । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा पाण्डे माथी गोल प्रहार भएको थियो ।
दिपक पाण्डे सहित ३ जना लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए ।
उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।
दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए ।
गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
