
सोलुखुम्बु, कार्तिक १ गते ।
सोलुखुम्बुको पासाङल्हामुमा भिरबाट लडेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ । पासाङ्ल्यामु गाउँपालिका–५ कोङ्देको भिरबाट लडेर पोल्याण्डकी पेसिता मेलिनाको मृत्यु भएको हो ।
नेपाल भ्रमणमा आएकी २६ बर्षिय मेलिना नाम गरेकी महिलाको दिउँसो १ बजे भिरबाट करिब दुई सय मिटर तल लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली घटना स्थल पुगी शव लुक्ला लैजाने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
