Saturday, June 27News That Matters

न्यायाधीश शाही सेवाबाट बर्खास्त

कात्तिक २ गते । 

न्याय परिषद्ले उच्च अदालत पोखराका न्यायाधिश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गर्नेे निर्णय गरेकोे छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधिश शाहीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश दिएको आरोपमा न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ ।

उक्त विवाद छानविनका लागि परिषदले समिति गठन गरेको थियो । छानबिनपछि त्यस विवादमा परेका न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसकेका छन् ।