Saturday, May 16News That Matters

यू–१९ एएफसी च्याम्पिनसिप छनोटका लागि ३१ जना छनोट

कात्तिक २ गते ।

यू–१९ एएफसी च्याम्पियनसीप–२०२० को छनोट खेलका लागि नेपाल तर्फबाट ३१ जना खेलाडी छनोट भएको छ । ४८ जनाबाट छनोट गरेर ३१ जनाको सूची प्रशिक्षक मेघराज केसीले शनिबार सार्वजनिक गरेको हो ।

छनेट खेल आगामी नोभेम्बर ६ देखि इरानमा सुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र कजाकस्तान रहेका छन् ।

सार्वजनिक गरेको खेलाडीहरु गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन, मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र  दिनेश हेमजन र फरवार्डमा बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर रहेका छन् ।